Tags: ,

श्रीलङ्काका राष्ट्रपतिद्वारा सङ्कटकाल खारेज

sajhamat.com
April 7th, 2022

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षेले देशभरी लगाइएको सङ्कटकाल खारेज गर्नुभएको छ । यही अप्रिल ५ को मध्यरातदेखि लागू हुनेगरि सङ्कटकाल हटाउने निर्णय भएको अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

आन्दोलनमा उत्रिएका नागरिकले राष्ट्रपति निवास घेराउ गर्दै नारावाजी गरेपछि सरकारले देशव्यापी सङ्कटकालको घोषणा गरेको थियो । “सार्वजनिक सुरक्षालाई ध्यान दिँदै लागू गरिएको सङ्कटकाल हटाउने निर्णय भएको छ,” राष्ट्रपति राजापाक्षेले भन्नुभयो ।

आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलङ्कामा सरकारका कारण सङ्कट उत्पन्न भएको भन्दै सुरु भएको आन्दोलन अझै पनि जारी छ ।

प्रशासनिक सङ्कटकाल खारेज गरिएपनि स्वास्थ्य सङ्कटकाल भने कायमै रहेको अधिकारीले जनाएका छन् । देशभरी औषधीको अभाव भएको, थप ल्याउन नसकिएको र स्वास्थ्य सेवा प्रवाहमा पनि समस्या भएकाले स्वास्थ्य सङ्कटकाल लगाउनु परेको सरकारी अधिकारीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *



Tags: ,