होर्मुजमा इरानी अवरोध हटेसँगै अन्तर्राष्ट्रिय बजारमा घट्यो तेलको मूल्य

sajhamat.com
April 17th, 2026

इरानले स्ट्रेट अफ होर्मुजको अवरोध हटाए लगत्तै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा ‘ब्रेन्ट क्रुड आयल’ को मूल्य प्रति ब्यारेल ९८ डलरबाट ८८ मा झरेको बीबीसीले उल्लेख गरेको छ।

युद्धविराम अवधिभर होर्मुज पूर्ण क्षमतामा सञ्चालन गर्न दिने निर्णय इरानले लिएसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट आएको हो ।