‘मैझारो’ फिल्मको नयाँ गीत सार्वजनिक

sajhamat.com
October 6th, 2025
Featured Video Play Icon

काठमाडौँ, फूलपातीको अवसर पारेर फिल्म ‘मैझारो’मा समावेश गीत ‘तिमीलाई के थाहा सानु’ सार्वजनिक गरिएको छ। गीतमा मुख्य कलाकार धिरज मगर र मिरुना मगरलाई प्रेमील जोडीका रूपमा प्रस्तुत गरिएको छ।

गीतमा अनमोल गुरुङ र अस्मिता अधिकारीको स्वर छ भने शब्द–संगीत अनमोल गुरुङकै रहेको छ। एरेन्ज रिकेश गुरुङले गरेका हुन्।

विल्सन विक्रम राई निर्देशित यस फिल्ममा धिरज र मिरुनासँगै दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय छ।

‘तक्मे प्रोडक्सन’को ब्यानरमा बनेको फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ। आरआर फिल्म्सले वितरण गर्ने ‘मैझारो’ आगामी कार्तिक ७ गतेदेखि अल नेपाल रिलिज हुँदैछ।