अनमोल अभिनित चलचित्र ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक

sajhamat.com
October 13th, 2025
Featured Video Play Icon

काठमाडौँ । अनमोल केसी अभिनित चलचित्र ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो ।

समाराेहमा चलचित्रका प्रमुख कलाकार भुवन केसी, उषा खड्गी, जसिता गुरुङ, आँचल शर्मा, निर्देशक सुयोग गुरुङ र निर्माता टिमको उपस्थिति रहेको थियो । चलचित्रका मुख्य कलाकार अनमोल केसी भने स्वास्थ्य समस्याका कारण सहभागी भएनन् । अनमोल, आँचल र जसितालगायत भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त, उषा खड्गीलगायतका कलाकार पनि ट्रेलरमा देखिएका छन् ।

एडभेन्चर लभस्टोरी ‘जेरी अन टप’ सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित छ। ३ मिनेट ३९ सेकेन्ड अवधिको ट्रेलरले त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेकाे छ ।

यही असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म सुयोग गुरुङले निर्देशन गरेका हुन् ।

सरोज न्यौपानेको प्रस्तुति रहेको फिल्मको निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गरेका छन् । फिल्मको कथा हेमराज बिसीको भने विश्वास तिम्सिनाको पटकथा छ ।

अनुराधा गिरी र इश्वर श्रेष्ठ फिल्मको कार्यकारी निर्माता हुन्, भने एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का रहेका छन् ।