कोरोनाभाइरसः अमेरिकामा थप ४ जनाको मृत्यु , मृतकको संख्या ६ पुग्‍यो

sajhamat.com
March 3rd, 2020

अमेरिकाको वासिङ्टन राज्यमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ।

योसँगै अमेरिकाका कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।

साताको अन्त्यतीर वासिङ्टन राज्यले राज्यमा कोरना संक्रमण देखिएपछि आपतकालको घोषणा गरेको थियो।

यसैगरी राज्यले आफ्नो क्षेत्रमा १८ वटा कोरोनाभाइरसको संक्रमणको मामिला पुष्टि भएको बताएको छ।

कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाएका पहिलो दुई व्यक्तिको अध्ययन गरेका अनुसन्धानकर्ताहरूले त्यहाँ केही साता अगाडिदेखि सो भाइरस फैलिएको आशंका गर्दै करिब १५ सय मानिहरुलाई संक्रमण भएको हुनसक्ने अनुमान लगाएका छन्।

त्यहाँ सार्वजनिक भएका १४ मध्ये ८ वटा मामिला किङ काउन्टीसँग सम्बन्धित रहेको छ। मृत्यु भएका चार मामिला यसै काउन्टीको एक अस्पतालसँग सम्बन्धित छन्।

काउन्टीले संक्रमितहरूलाई ‘आइसोलेसन’मा राख्न होटल खरिद गर्ने भएको छ। सोमबारबाट सियाटलका थप विद्यालयहरू बन्द गरिएका छन्।

अमेरिकामा हालसम्म पाँच राज्यमा कोरोनाभाइरसका संक्रमितहरू भेटिएका छन्।

ती संक्रमितहरू वासिङटन, क्यालिफोर्निया, इलिनोइस, रोड आइल्याण्ड, न्यू योर्क, फ्लोरिडा र ओरेगन राज्यमा भेटिएका हुन्।

देशभरमा करिब ९१ वटा मामिलाहरू पुष्टि भएका छन्।

Source: setopati.com

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments