अभिनेता सविन र अभिनेत्री अनु वैवाहिक सम्बन्धमा बाँधिए

sajhamat.com
September 27th, 2025

काठमाडौं । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह वैवाहिक सम्बन्धमा बाँधिएका छन् । सबिन र अनुले शनिबार विवाह गरेका हुन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुवैले विवाह गर्ने बताउँदै आएका थिए ।

सविनले सामाजिक सञ्जालमा एक तस्बिर पोस्ट गर्दै विवाहको जानकारी गराएका छन् ।