चलचित्र ‘जेरी अन टप’ को टिजर : २ दिनमै १० लाखबढी भ्यूज

sajhamat.com
September 7th, 2025
Featured Video Play Icon

काठमाडौँ । चलचित्र ‘जेरी अन टप’ को टिजर सार्वजनिक भएको छ ।

अनमोल केसीको मूख्य भूमिका रहेको फिल्मको कथावस्तु सगरमाथा आरोहण र त्यहाँको पदयात्राको क्रममा हुने प्रेमकथामा आधारित छ ।

सोमबार बेलुका सार्वजनिक गरिएको ‘जेरी अन टप’ काे टिजरले हालसम्म १० लाख भन्दा बढी भ्यूज बटुलिसकेकाे छ ।

सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोलसहित जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’, भुवन केसी र उषा खड्गीलगायतकाे अभिनय छ ।

फिल्ममा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ ।

चलचित्रको पटकथा हेमराज बीसी हुन् । सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता रहेका छन् ।

फिल्म आगामी असोज ३१ गते (१७ अक्टोबर) प्रदर्शन हुनेछ । नेपालमा रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले यो चलचित्रको वितरण अधिकार लिएका छन् ।