निर्वाचन आयोगको भूमिका निष्पक्ष होस्: अध्यक्ष ओली

sajhamat.com
April 10th, 2022

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको भूमिका निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । एमालेले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “निर्वाचन आयोगले निष्पक्ष भएर भूमिका खेलोस्, दलहरूको सुझावमा चलोस्, हामी निष्पक्ष निर्वाचन आयोग हेर्न चाहन्छौँ ।”

उहाँले आयोगले जारी गरेको आचारसहिंता कडाइका साथ पालना गर्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । “आचारसहिंताको कहीँ कमी कमजोरी नरहने गरी गतिशील ढङ्गले पालना गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “हाम्रो पार्टी कानूनी राजको पालना गर्ने पार्टी हो तर जे गरे पनि बोल्न नसक्ने भने पार्टी भने होइन ।”

उहाँले राजनीतिक दलसँग परामर्श नगरीकन निर्वाचन आयोगले आचारसहिंता लागू गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “निर्वाचन आचारसहिंता सबैले मान्नुपर्दछ तर आचारसहिंता लागू गर्ने विषयमा हामीसँग निर्वाचन आयोगले सल्लाह पनि गरेन ।”

एउटा पार्टी परित्याग गरी अर्को पार्टीमा प्रवेश गर्ने सामान्य कुरा मात्र होइन, देशलाई सुशासन लैजाने, विकासको लहर अगाडि बढाउने र देशलाई समृद्धि नेपाली र सुखी नेपालीको आकाङ्क्षा सफल बनाउने अभियानमा सरिक हुने विषय रहेको उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *