काठमाडौं । फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका निम्ति वातावरण बनाउने समझदारी भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा यस्तो सहमति भएको हाे ।
“देशको परिस्थिति गम्भीर संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषणा भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो,” राष्ट्रपति पौडेलले सो छलफलमा बताएका थिए ।
Tags: अन्तरिम सरकार, प्रधानमन्त्री, सुशीला कार्की












