सहिद गेटको उद्घाटन गर्न सिरहा जाँदै माओवादी अध्यक्ष प्रचण्ड

sajhamat.com
April 7th, 2022

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिरहा जाँदैछन् । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका सहिदको स्मृटिमा गेट बनाइएको छ । अध्यक्ष प्रचण्डले त्यहाँ सहिद गेटको उद्घाटन गर्ने कार्यक्रम छ ।

२०७० को संविधानसभा निर्वाचनमा सिरहा प्रचण्डको निर्वाचन क्षेत्र भएको जिल्ला पनि थियो । क्षेत्र नम्बर(५ बाट उनी संविधानसभा सदस्यको रूपमा विजयी भएका थिए । अहिले गृह जिल्ला चिवतन उनको निर्वाचन क्षेत्र भएको जिल्ला रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *