कोरोनाका लागि बागमती प्रदेश सरकारको ३३ करोड ४५ लाख खर्च

sajhamat.com
August 4th, 2021

मकवानपुर । गत आर्थिक वर्ष २०७७/०७८ मा बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि ३३ करोड ४५ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ ।

मन्त्रालयका प्रबक्ता नारायणप्रसाद पोखरेलका अनुसार कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि २१ करोड ७० लाख ५० हजार रुपैयाँ प्रदेशका स्वास्थ्य कार्यालय, प्रदेशका विभिन्न स्थानीय तहहरुका लागि ११ करोड ११ लाख रुपैया, जिल्ला विपद् व्यवस्थापन समितिहरुका लागि ६४ लाख रुपैयाँ उपलब्ध गराइएको हो ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि पनि कोरोना खोपका लागि दुई अर्ब रुपैयाँ छुट्याएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *