हेटौंडा उपमहानगरपालिकाको बसामाडीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

sajhamat.com
July 11th, 2021

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३, बसामाडीमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जना युवकको मृत्यु भएको छ ।

गएराती हेटौंडाबाट बस्तीपुरतर्फ गइरहेको ०३-००३ प ७२१४ नम्बरको मोटरसाइकल बसामाडीमा सडक निर्माणका लागि डिभिजन सडक कार्यालयले थुपारेको ढुंगामा ठोकिएर अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा मनहरी गाउँपालिका ३ का ३२ बर्षीय कृष्णहरी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका उनको हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *