आज विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइदैं

sajhamat.com
July 11th, 2021

मकवानपुर । आज विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष जुन ११ तारिखमा यो दिवस मनाउने गरिन्छ।

सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसंख्याका विभिन्न मुद्दाहरूलाई उठान गर्दै विश्व जनसंख्या दिवस मनाइँदै आएको छ। सन् १९८७ को जुन ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अर्ब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको थियो।

‘मानव सशक्तीकरण र समृद्ध राष्ट्रका लागि परिवार नियोजन’ भन्ने यस वर्षको नारा रहेको छ। विश्वभर यो दिवस मनाउँदै गर्दा कतै जनसंख्या घटाउने त कतै बढाउने रणनीतिका कार्यक्रमहरुमा जोड दिइएको छ। नेपालमा यो वर्ष जनगणना गरिँदैछ।

यसअघि २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको थियो। यो वर्ष गरिने राष्ट्रिय गणना २०७८ मा नेपालको जनसंख्या ३ करोड नाघ्ने अनुमान तथ्यांक विभागले गरेको छ। थाहाखबर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *