गगन, विश्व र फरमुल्ला मन्सुरलाई देउवा पक्षले गर्यो ५ वर्ष निष्काशन

sajhamat.com
January 15th, 2026

नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सह महामन्त्री फरमुल्ला मन्सुरलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको छ । यो निर्णयलाई कांग्रेस विभाजनको ‘औपचारिक’ घोषणाको रुपमा लिइएको छ ।

संस्थापन पक्षको यो निर्णयसँगै विशेष महाधिवेशन पक्षधरसँग भइरहेको वार्ता पनि लगभग टुंगिएको छ । र, अब विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ भने देउवा पक्षले भने बैशाखमा नयाँ महाधिवेशन गर्ने यस अगाडिको घोषणाअनुसार नै अगाडि बढ्ने छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन विश्वसहितका नेताहरुलाई पाँच वर्षको लागि निष्कासन गर्दै अन्य नेता कार्यकर्तालाई भने पार्टीमा फर्किन अनुरोध गरेको छ ।

पार्टी निर्णय विपरीत विशेष महाधिवेशन आह्वान गरेको र पार्टीलाई विभाजन गराउने प्रयास गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको बताइएको छ ।