कुलमान, रवि र बालेनबीच सहमति

sajhamat.com
December 30th, 2025

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, ऊर्जामन्त्री तथा उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको छ । रास्वपा केन्द्रीय सदस्य असिम शाहको कार्यालय कमल पोखरीमा यस्ताे सहमति भएकाे हाे ।

यसअघि काठमाडौं मेयर शाह र सभापति लामिछानेबीच आइतबार एकताकाे सहमति भएकाे थियाे । उक्त सहमतिमा छुटेका कुलमानलाई पनि त्यसमा सहभागी गराउन नेता र जेनजी अभियानताहरुले प्रयासमा लागेका थिए ।