
ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले यूएआईमाथि १ रनको रोमाञ्चक जित हासिल गरेको छ।
आइतबार साँझ भएको खेलमा टस जितेर ब्याटिङ्ग रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो। नेपालका लागि आशिफ शेखले सर्वाधिक ५१ रन बनाएका थिए। त्यस्तै, कुशल भुर्तेलले २८ र कप्तान रोहित पौडेलले २० रन बनाएका थिए।
१४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्गमा उत्रिएको यूएईलाई निर्धारित २० ओभरमा १३९ रनमा सीमित राख्दै नेपालले १ रनको रोमाञ्चक जित हासिल गरेको हो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिएका थिए भने सोमपाल कामी, गुल्शन कुमार झा र सन्दिप लामिछानेले १ १ विकेट लिए।