नेपाली कांग्रेसमा गगनले गरे नियमित महाअधिवेशनकाे प्रस्ताव

sajhamat.com
October 9th, 2025

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका छन् ।बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका हुन् ।

बिशेष अधिबेशनका लागि हस्ताक्षर अभियानमा रहेका थापा र अर्का महामन्त्री बिश्वप्रकाश शर्मा दुवै जना नियमित अधिवेशनका लागि तयार भएका हुन् ।

जेनजी आन्दाेलनपछि काँग्रेसकाे  पदाधिकारी बैठक बिहीवार बसेकाे छ । सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि उप सभापति पूर्णबहादुर खड्काकाे अध्यक्षतामा बैठक बसेकाे थियाे ।