तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रहरीमै फिर्ता गरिदिएको छ ।
बिहीबार आयोगले एक विज्ञप्ती जारी गर्दै भनेकाे छ ‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन । फौजदारी कसुरमा जो कोहीलाई नेपाल सरकारका संयन्त्रहरबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपालको कानूनले अख्तियारी प्रदान गरेको विदितै छ । यस्तो कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्न नपर्ने भएकाले प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाइदिने ।’
जेन–जी आन्दोलनमा मृत्यु भएका परिवारले जिल्ला प्रहरी परिसर कामठाडौंमा उजुरी दिँदै ओली र लेखकलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गरेका थिए ।
आयोगले जाहेरी प्रहरी कार्यालयमै फिर्ता गरिएपछि प्रहरीले ओली र लेखकलाई पक्राउ गर्न सक्छ या सक्दैन अन्याैल देखिएकाे छ ।
यसैवीच सरकारले मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ ।
ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता गराउने गृहमन्त्रीस्तरीय निर्णय भएको छ ।
Tags: Balen, earthquake, election commission, Flood, India, Kathmandu, kulman, Modi, prachanda, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अन्तरिम सरकार, अविरल वर्षा, कोशी, गण्डकी र लुम्बिनी, चन्द्रकान्त, चितवन, जल तथा मौसम विज्ञान विभाग, जेनजी, जेनजीको प्रदर्शन, धिरज मगर, नारायणगढ–मुग्लिन, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेपाली क्रिकेट, नेपाली क्रिकेट टोली, प्रचण्ड, प्रदर्शन, प्रधानमन्त्री, प्रधानमन्त्री सुशीला कार्की, बागमती, बाढीपहिरो, भूकम्प, मकवानपुरगढी गाउँपालिका #, मधेस, मिरुना मगर, मेयर बालेन्द्र साह, यूएई, राष्ट्रपति रामचन्द्र पौडेल, राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, श्रीलङ्का, सरकार, सशस्त्र प्रहरी बल, सिके राउत, सुशीला कार्की












