
काठमाडौँ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भीषण वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको पनि बताएका छन् ।
प्रधानमन्त्री मोदीले आज (आइतबार) सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश जारी गर्दै नेपालमा भारी वर्षाका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । “नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति दुःखदायी छ । यस कठिन समयमा हामी नेपाल र नेपाली जनताको सरकारसँग साथमा छौँ,”उनले भनेका छन् ।
उनले मैत्रीपूर्ण छिमेकीका रूपमा भारत आवश्यक पर्न सक्ने कुनै पनि सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।