
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सासुससुरा बस्ने र साला बस्ने घरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ । ललितपुर महानगरपालिका–४ मा पर्ने उनीहरूको घरमा प्रहरीले छापा मारेको हो । सीआईबीका अधिकृतहरूले बताए अनुसार, शंकास्पद नगद वा अन्य केही कागजात रहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
तर, खनतलासीका क्रममा प्रहरीले कुनै पनि शंकास्पद वस्तु फेला पार्न नसकेको प्रहरीले बताएको छ। आइतबार साला भूषण राणा र उनका बुवाआमा बस्ने जावलाखेलका छुट्टाछुट्टै दुई घरमा सीआईबीले छापा मारेको हो । भूषण देउवाका साला एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाकी भाइ हुन् । भूषण राणा घरमा नभएको र उनका बुबाआमा माात्र रहेको सीआईबीका एक प्रहरी अधिकारीले भने । छापा मार्दा त्यस्तो केही नभेटीएको उनले बताए । सीआईबीले वडाध्यक्षसहितको रोहवरमा मुचुल्का समेत उठाएको बताएको छ।