
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका निवर्तान सांसदहरूलाई यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ।
‘पार्टीका पूर्व सांसदहरूले यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन अनुरोध गरिन्छ’, प्रवक्ता मनिष झाले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन् ।
जेनजीको अगुवाइमा भएको सुशासनको लागि परिवर्तनको महत्त्वपूर्ण आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा राष्ट्रिय शोकको घडीमा रहेकाले यसपटक पार्टीको ब्यानर र झन्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न नगराउन पनि रास्वपाले सबै तहका पार्टीपंक्तिमा अनुरोध गरेको छ ।