मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

sajhamat.com
September 25th, 2025

चितवन । चितवनको इच्छाकामनास्थित तुइनखोलामा खसेको पहिरोले मुग्लिन-नारायणगढ सडक खण्ड अनिश्चित कालको लागि बन्द भएको छ। तुइनखोलामा खसेको पहिरो हटाएर कहिलेदेखि सवारी आवागमन सहज हुन्छ, ठेगान छैन। सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर नारायण प्रसाद लामिछानेका अनुसार तुइनखोलामा बुधबार साँझ खसेको पहिरो निकै ठूलाे छ। त्याे पहिराे हटाएर यो सडक खुल्न कम्तीमा पनि अरु ४–५ दिन लाग्न सक्छ।

तर नेपालीहरुको मुख्य पर्व दसैँ संघारमै आइसकेको छ। दसैँको बेला लाखौँ मानिसले राजधानी काठमाडौँ छाड्छन्। राजधानी काठमाडौँ आवतजावत गर्ने मुख्य मार्ग नै मुग्लिन- नारायणगढ सडक हो। यो सडक बन्द भएको अवस्थामा अन्य वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न सडक डिभिजन कार्यालयदेखि स्थानीय प्रशासनसम्मले अहिले यात्रुहरूलाई आग्रह गरिरहेका छन्।

नारायणगढ-मुग्लिन सडकको विकल्पमा यात्रुले काठमाडाैँबाट देशभर आवतजावतका लागि चार/पाचवटा वैकल्पिक सडक प्रयोग गर्न सक्छन्। स्थानीय प्रशासनले चितवन-काठमाडौँ आवत जावत गर्ने साना गाडीले चितवनको जुटपानी-शक्तिखोर- मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सक्ने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *