सुशीला कार्कीले गरिन् थप तीन मन्त्री सिफारिस

sajhamat.com
September 22nd, 2025

प्रधानमन्त्री सुशीला कार्काीले तीन जनालाई मन्त्री बन्न सिफारीस गरेकी छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई दुई वटा मन्त्रालयको जिम्मेवारी दिने गरी मन्त्री सिफारिस गरेकी छिन् ।

उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । त्यस्तै, अतिरिक्त स्वास्थ्य सचिव डा संगिता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी छन् ।

त्यस्तै, प्रधानमन्त्री कार्कीले सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस गरेकी छिन् । उनले आइतबार राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन् ।