४५ घण्टापछि एकतर्फी खुल्यो मुग्लिङ–नारायणगढ सडक

sajhamat.com
September 21st, 2025

झन्डै ४५ घण्टापछि मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा आएको छ । सो सडकखण्डको तुइनखोलामा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध हुँदा संयौं यात्रु अलपत्र परेका थिए ।

सडक विभागको टोली, स्थानीय प्रशासन र प्रहरीको सक्रियतामा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । सडक विभागका प्रवक्ता प्रभातकुमार झाले हाललाइ एकतर्फी रूपमा सडक सञ्चालनमा आएकाे बताए ।