उच्छृखल गतिविधि रोक्न गृह मन्त्रालयको हेल्प डेक्स

sajhamat.com
September 20th, 2025

गृह मन्त्रालयले आम नागरिकका लागि हेल्प डेक्स स्थापना गरेको छ । जेनजी युवा पुस्ताद्धारा भएको प्रदर्शन पश्चात विकसित घटनाक्रमसँगै समाजमा घट्न सक्ने उच्छृखल गतिविधि र केही समस्या परेमा उक्त हेल्प डेक्सले सहजीकरण गर्नेछ ।

मन्त्रालयले सहजीकरण गर्न ९८५१३६०६०३ सहितको सहायता कक्ष स्थापना गरेको हो । आम नागरिकले आफ्ना सूचना, गुनासो, सल्लाह र सुझावसमेत उक्त नम्बरमा सम्पर्क गरेर जानकारी दिन सक्ने मन्त्रालयले जनाएको छ ।