
काठमाडौं । जेनजी अभियानका संयोजक भनेर चर्चामा आएका सुदन गुरुङलाई एमाले नेता महेश बस्नेतले आक्रमण प्रयास गरेको उनले आरोप लगाएका छन् । ‘खै महेश बस्नेत खुब उर्लिएका रहेछ, त्यही अंकलले मलाई ओपन च्यालेन्ज गरेको रहेछ, खै किन थाहा छैन, मैले कतै उजुरी दिएको छैन, आफ्नो देशमा सुरक्षा किन चाहियो ?’उनले मिडियामा बोलेका छन् ।
उनले रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको बताएका छन् । बीच बाटोमा दुई वटा गाडी थपिएर पच्छ्याएको उनको दाबी छ । बस्नेतले जेनजी समूहलाइ आतंककारी भन्दै सार्वजनिक रूपमा आलाेचना गरेका थिए । गुरुङले रानीबारीदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेट पुग्दासम्म गाडी र मोटरसाइकलबाट आफूलाई लखेटेको बताए। करिब १ घन्टा पिछा गरेपछि आफू सुरक्षित हुन विमानस्थलस्थित नेपाली सेनाको शरणमा पुगेको उनको भनाइ छ।