जेन जेड आन्दोलनमा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जा मन्त्री घिसिङ र गृहमन्त्री अर्याल सहभागी

sajhamat.com
September 17th, 2025

काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जा मन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल सहभागी भएका छन् ।

ऊर्जा मन्त्री कुलमान घिसिङ गोपीकृष्ण हलबाट र गृह तथा कानुन मन्त्री अर्याल चाबहिल चोकबाट जेन जेडको शवयात्रामा सहभागी भएका हुन् । कुलमानले राष्ट्रिय झण्डा बोकेका छन् भने कानुन मन्त्रीले राष्ट्रिय झण्डा ओढेका छन् ।

मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित अन्त्येष्टि गर्न लागेका हुन् । अहिले मृतकका शवहरू अन्त्येष्टिका लागि शवयात्रा निकालिएको छ ।

त्रिवि शिक्षण अस्पतालबाट शवहरू चक्रपथ हुँदै पशुपति आर्यघाट लगिने तयारी छ । शवयात्राका लागि पुगेकाहरूले मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेका छन् ।