
अन्तरिम सरकारको सोमबार बसेको बैठकले असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्।
बैठकले आन्दोलमा शाहदत प्राप्त गरेकाहरु व्यक्तिहरुलाई शहीद घोषणा गर्दै उनीहरुलाई राष्ट्रिय सम्मानका सहित अन्त्येष्टि गर्ने र असोज १ गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ। देशभरमा जेनजी आन्दोलनका क्रममा ७२ जनाले ज्यान गुमाएका थिए।