
काठमाडौं । सरकार विस्तार नहुँदै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग भएको छ । आफैले प्रधानमन्त्री प्रस्ताव गरेको जेनजी समुहभित्रको पनि सुदन गुरुङ समुहले दुई दिनमै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका हुन् ।
लासमाथी राजनीति गरेको, आफुहरुको आन्दोलन हाइज्याक गरेको र त्यसै गरी चले जसरी प्रधानमन्त्रीको कुर्शीमा लगेर राखिएको थियो, त्यसैगरी सडकमा ल्याउने चेतावनी दिँदै मध्यरात प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडी गुरुङ नेतृत्वको समुहले नारावाजी गरेको थियो ।
राती नै उनले आफनो हामी नेपाली समुहका युवाहरु लगेर बालुवाटारमा नारावाजी गरेपछि त्यहाँको सुरक्षाब्यवस्था कडा पारिएको थियो । माध्यरातको नारावाजीको नेतृत्व गदैं सुदन गुरुङले भनेका छन्, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’
दिउँसो मात्रै उनै गुरुङले प्रधानमन्त्रीलाई भेटन कुनै प्रोटोकल पार गरिरह्न नपर्ने र सर्वसाधारण जो कोहीले पनि सहज भेटन पाउने भन्दै आफुहरुले सुशीला कार्की नेतृत्वको त्यस्तो सरकार बनाएको दावी सुदन गुरुङले गरेका थिए । यो समुह कार्की नेतृत्वको सरकारमा आफनो पक्षका मान्छे राखेर सरकार विस्तार गर्न चाहिरहेको छ । तर कार्कीले कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई पहिलो चरणमा मन्त्री बनाउने, उपप्रधानमन्त्री नराख्ने र मन्त्रीको संख्याप नि १५ भन्दा बढी नबनाउने गरी तयारी गरेपछि गुरुङ समुह चिढिएको हो ।