
काठमाडाैं । जेन–जी आन्दोलनका बारेमा काठमाडाैंको रिपोर्टस् क्लवमा आयोजना गरिएको पत्रकार सम्मेलनमा लफडा भएकाे छ ।
आफूलाई जेनजी आन्दोलनको अगुवा बताउने सुदन गुरुङले आइतबार पत्रकार सम्मेलन आयोजना गरेका थिए ।
सम्मेलनमा गुरुङले आफूहरूको माग पूरा नभए यो सरकार पनि ढाल्ने चेतावनी दिए । उनी बाेलिरहेकै क्रममा पत्रकारहरूसँग चर्काचर्की पर्याे र दुवै पक्षबीच धकेलाधकेलकाे अवस्था सिर्जना भयाे ।