जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति दिइने

sajhamat.com
September 14th, 2025

काठमाडौँ । सरकारले जनेजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेको छ ।

पदभारपछि पहिलो निर्णयमा हस्ताक्षर गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यस्तो निर्णय गरेकी हुन् ।

साथै सरकारले घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएकाे छ ।

यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा परी ७० भन्दाबढीकाे ज्यान गएको छ।