बालेनले भने, ‘प्रिय जेनजी ! तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ’

sajhamat.com
September 12th, 2025

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले जेनजीहरुको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । जनजीहरुको योगदानले भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्ने उनको भनाई छ । उनले घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रिय Gen Z,
तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।
वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।