
हैदाराबाद। बाहुबली फिल्म सिरिजलाई भारतको सबैभन्दा ठूलो फिल्म सिरिज मानिन्छ। यो फिल्मले भारतीय सिनेमाको सम्पूर्ण समीकरण बदलि दियो र एसएस राजामौलीको यो फिल्म साउथ इन्डस्ट्रीका लागि पनि वरदान साबित भयो । अब यो चलचित्रका कलाकारहरु पुन: एकजुट हुन लागेका छन् ।
हो, बाहुबलीमा मुख्य भूमिका निभाएका अभिनेता प्रभास र अनुष्का शेट्टी फेरि एकपटक सँगै देखिने भएका छन् । फ्यानहरू पक्कै पनि आफ्नो मनपर्ने अनस्क्रिन कलाकारहरू हेर्न उत्साहित हुनेछन्। तर यो समाचारमा एउटा ठूलो ट्विस्ट पनि छ ।
वास्तवमा, अनुष्का र प्रभास कुनै प्रोजेक्टमा सँगै आउँदैनन्, बरु एक अन्तर्वार्तामा सँगै देखिनेछन् । रिपोर्टहरू विश्वास गर्ने हो भने फिल्मको १० वर्ष पूरा भएको अवसरमा दुवैले एक अन्तर्वार्ताको हिस्सा बन्ने छन् र फिल्मको बारेमा आ–आफ्नो अनुभव बाँड्ने छन् ।
अहिलेसम्म आधिकारिक घोषणा नभए पनि यसबारे छिट्टै घोषणा हुनसक्छ । फिल्मको पहिलो भाग सन् २०१५ मा आएको थियो अर्थात यो फिल्म सिरिजले रिलिज भएको १० वर्ष पूरा गरेको छ ।
यसै खुशीमा यो अन्तर्वार्ता राखिएको हो, जसमा फिल्मको सुटिङका क्रममा नसुनिएका केही कथाहरु बाहिर आउनेछन् ।