मुलुकलाई कसरी निकास दिन सकिन्छ भनेर विमर्श गर्दैछु, संयमता अपनाउनुहोला: राष्ट्रपति

sajhamat.com
September 11th, 2025

राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिमा मुलुकलाई कसरी निकास दिन सकिन्छ भनेर विचार विमर्शमा लागिपरेको बताएका छन् ।

एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विचार विमर्शमा हर प्रयास गरिरहेको बताएका छन् । उनले आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदाको खोजीमा लागिरहेको बताएका छन् ।

त्यस्तै उनले अहिले सबैजना संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न काममा सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ,