भाटभटेनी, हिल्टन होटल, वर्णवासा होटलमा पनि तोडफोड

sajhamat.com
September 10th, 2025

जेनजी आन्दोलनकारीहरुले निजी क्षेत्रले सञ्चालन गरेको संस्थाहरुमा पनि आगजनी गरेका छन् । आन्दोलनकारीहरुले मिनबहादुर गुरुङले सञ्चालन गरेको नक्सालस्थित भाटभटेनी सुपर स्टारसँगै चौधरी ग्रुपको नैकापस्थिति कारखाना, हिल्टन होटल र बर्णवासा होटलमा समेत आगजनी गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको छोरा जयवीर सिंह देउवाको लगानी रहेको भनिएका हिल्टन होटलमा समेत प्रदर्शनकारीले आगजनी गरेका छन् । यसअघि हिल्टन होटलमा लगानी रहेको समाचार सम्प्रेषण गर्दा केही पत्रकार जेल परेका थिए ।

नेकपा एमाले पार्टी कार्यालय निर्माणको लागि जग्गा दान दिने भनेर चर्चा कमाएका व्यवसायी मिनबहादुर गुरुङले सञ्चालन गरेको नक्सालस्थित भाटभटेनी सुपरस्टोरमा समेत आगजनी गरेका छन् ।

त्यस्तै चौधरी समूहले सञ्चालन गरेको नैकापस्थित सीजी इलेक्ट्रोनिक्स र थापाथलीस्थित सीजी मोटर्समा समेत आन्दोलनकारीले तोडफोड गरेका छन् भने एनआरएन इन्फ्रास्ट्रक्चरले लगानी गरेको वर्णवासा होटलमा समेत आगजनी गरेको छ ।