
काठमाडौं । मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ ।
सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने समेत भनिएको छ । उनले आन्दोलनका सबै कार्यक्रम त्यागेर बार्ता र सहमतिमा आउन आन्दोलनरत सबै पक्षलाई आग्रह पनि गरे।
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले भने, देशको पछिल्लो अवस्थाका कारण निम्तिएको अवस्थाप्रति नेपाली सेना जानाकार छ । देशका सबै महत्वपूूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिन्छ, ।
साथै उनले आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण पनि गरे । घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रधानसेनापति सिग्देलले शान्ति कायम गर्न सबैपक्षलाई आग्रह समेत गरे ।