अध्यक्ष राजेन्द्र लिङदेनसहित राप्रपा नेताहरू रिहा

sajhamat.com
April 20th, 2025

काठमाडौं, वैशाख ७ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू रिहा भएका छन्।

आइतबार सिंहदरबारमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। अध्यक्ष लिङ्देनसहित बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही, कैलाश कटुवाललगायत पक्राउ परेका थिए।

निषेधित क्षेत्र तोड्दै गिरफ्तारी दिने राप्रपाको कार्यक्रम थियो। प्रदर्शनका क्रममा पक्राउ परेका लिङदेनसहितका नेताहरु करिब ४ घण्टापछि रिहाइ भएका हुन्।

अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पक्राउ परेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *