कर्णाली र लुम्बिनी प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धता

sajhamat.com
December 28th, 2024

सुर्खेत । कर्णाली र लुम्बिनी प्रदेश सरकारबीच अन्तर प्रदेश विकास र समृद्धिमा सहकार्यका लागि १९ बुँदे साझा प्रतिबद्धता जारी भएको छ । दुई प्रदेशको अन्तरआवद्धता र सहकार्यलाई सुदृढ गर्दै कर्णाली प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकारबीच १९ बुँदे साझा प्रतिबद्धता जारी भएको हो ।

शुक्रबार कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई प्रदेशका प्रतिनिधीहरूबीच भएको समन्वयात्मक बैठकले विभिन्न १९ बुँदे प्रतिबद्धता जारी गरेको हो । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतिबद्धता कार्यान्वयन गर्ने बताएका छन् ।

प्रदेश सरकार स्थापना भएपछि पहिलोपटक यसरी दुई प्रदेशबीच सार्वजनिक सरोकारका विषयमा छलफल तथा सहमति भएको हो । साझा प्रतिबद्धतामा भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण, सड्क दुर्घटना नियुनिकरण, अन्तप्र्रादेशिक विकासदेखि पर्यटन प्रवद्र्धन लगायत दुई प्रदेशसँग जोडिएका विषयहरू समेटिएका छन् ।

राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना शीघ्र सम्पन्न गर्न दुवै प्रदेश सरकारको तर्फबाट नेपाल सरकारसँग समन्वय गर्ने, स्थानीय स्तरका आयोजना सम्बद्ध सवालहरूमा स्थानीय तह समेतको समन्वयमा विवाद समाधानका लागि आवश्यक पहल गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *