आज राति सातै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

sajhamat.com
August 3rd, 2024

काठमाडौं । अहिले देशभर मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ ।

मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) राति गण्डकी र लुम्बिनी प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । शनिबार राति देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *