भरतपुरमा गठबन्धनको जित निश्चित भएकाले स्वतन्त्रलाई फकाइरहनु पर्दैन : प्रचण्ड

sajhamat.com
May 5th, 2022

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा गठबन्धनको जित सुनिश्चित भइसकेको दावी गरेका छन् ।

चितवनमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न भरतपुर गएका प्रचण्डले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै स्वतन्त्र उम्मेदवारलाई फकाउने तर्फभन्दा गठबन्धन आफ्नै काममा अगाडि बढ्ने बताएका छन् ।

आफूहरू स्वतन्त्र उम्मेदवारलाई फकाउने तर्फ नअल्झिने उनको भनाई थियो । फैसला चितवनका जनताले गर्ने भन्दै प्रचण्डले उम्मेदवार बन्ने स्वतन्त्रता हरेक नागरिकलाई भएको टिप्पणी गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments