उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ २ वटा क्षेप्यास्त्र प्रहार

sajhamat.com
April 17th, 2022

एजेन्सी । उत्तर कोरियाले शनिबार जापानको सागरतर्फ करिब ११० किलोमिटर (६८ माइल) दुरीमा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले आइतबार जनाएको छ।

उत्तर कोरियाको हामहुङ क्षेत्रबाट शनिबार स्थानीय समय अनुसार करिब १८:०० बजे (०९:०० जिएमटी) परीक्षण फायरिङ गरिएको थियो। दक्षिण कोरियाली सुरक्षा, सेना र खुफिया एजेन्सीहरूले उत्तर कोरियाको पछिल्लो परीक्षण प्रक्षेपणबारे छलफल गर्न आपतकालीन बैठक बोलाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *