रूसमा इन्टेलको सबै व्यापार बन्द

sajhamat.com
April 7th, 2022

अमेरिका । कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरणको विश्वको सबैभन्दा ठूलो उत्पादकमध्ये एक अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलले युक्रेनको अवस्थालाई लिएर रुसमा आफ्ना सबै प्रकारका व्यापारिक गतिविधि स्थगित गरेको जनाएको छ । “तत्काल हामीले रुसमा सबै व्यापार सञ्चालन निलम्बित गरेका छौँ,” कम्पनीले भनेको छ ।

“हामी रुसमा रहेका हाम्रा १,२०० कर्मचारीसहित हाम्रा सबै कर्मचारीलाई यो कठिन परिस्थितिबाट सहयोग गर्न आग्रह गरिरहेका छौँ । हामीले हाम्रा विश्वव्यापी सञ्चालनमा अवरोध कम गर्न व्यापार निरन्तरताका उपाय पनि लागू गरेका छौँ,” यसले भन्यो ।

रुसले युक्रेनमा गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रले युक्रेनी सेनाको तीव्र आक्रमणबाट सुरक्षाका लागि गरेको आह्वानको जवाफमा युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको थियो ।

रुसी रक्षा मन्त्रालयले युक्रेनी सैन्य पूर्वाधारलाई लक्षित गर्ने विशेष अपरेसनको उद्देश्य युक्रेनलाई असैनिकीकरण गर्ने बताएको छ । मस्कोले युक्रेन कब्जा गर्ने कुनै योजना नरहेको बताएको छ । यद्यपि पश्चिमा राष्ट्रले रुसमाथि थुप्रै प्रकारका प्रतिबन्ध लगाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments