एमालेलाई साइजमा राख्ने अवसर आएको छ : रामचन्द्र पौडेल

sajhamat.com
March 28th, 2022

काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेलाई साइजमै राख्न गठबन्धन गर्नुपर्ने बताएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकमा नेता पौडेलले चुनावमा गठबन्धन गर्नुपर्ने बताएका हुन्।

पौडेलले असंवैधानिक कदम चालेका केपी ओली र एमालेविरुद्ध गठबन्धन गरेरै लड्नुपर्ने बताए। ‘बारम्बार असंवैधानिक कदम चालेका केपी ओली र उनको दलविरुद्ध हामीसँगै लडेका हौं,’ उनले भने, ‘हामीले माओवादी र एकीकृत समाजवादीको अलिकति मत थपिदिएर एमालेलाई साइजमा राख्ने अवसर आएको छ।’

यसअघि इतर समूहका नेता डा.शेखर कोइरालाले चुनावी गठबन्धन काँग्रेसलाई प्रत्युत्पादक हुने बताएका थिए। तर बैठकमा सभापति शेरबहादुर देउवा र नेता बालकृष्ण खाँणले पनि चुनावी गठबन्धन हुनै पर्ने अड्डी कसेका थिए। त्यसैगरी दुई महामन्त्रीमध्ये गगनकुमार थापाले गठबन्धन गर्न नहुने अडान राखेका थिए।

उता अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने चुनावी तालमेल चाहिने तर्क गरेका थिए। शुक्रबारबाट सुरु भएको बैठक मंगलबार ३ बजे पुनः बस्नेगरी सकिएको प्रवक्ता डा. प्रकासशरण महतले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *