हेटौंडाको रातोमाटेमा बसको ठक्करबाट दुई जनाको मृत्यु

sajhamat.com
October 16th, 2021

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा १५ रातोमाटेमा बसको ठक्करबाट मोटरसाइलमा सवार दुई जनाको मृत्यु भएको छ ।

नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हेटौंडा १५ पनेसका १८ वर्षीय प्रकाश दियाली र हेटौंडा-३ को २२ वर्षीय सुशान्त दियालीको मृत्यु भएको प्रहरीको भनाई छ ।

मृत्यु भएका दुवै जना स्थानीय रहेको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments