मन्त्री खतिवडा गृहजिल्लामा विभिन्न कार्यक्रममा दिनभर व्यस्त

sajhamat.com
October 11th, 2021

मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई आज सोमबार गृहजिल्ला मकवानपुरको विभिन्न कार्यक्रममा भ्याई नभ्याई बने । मन्त्री बनेपछि गृहजिल्ला आइपुगेका खतिवडाले आज (सोमबार) मात्रै मकवानपुरमा सात वटा विभिन्न कार्यक्रममा सहभागी बनेका हुन् ।
एकीकृत समाजवादी मकवानपुरले आयोजना गरेको बडा दशैं, तिहार तथा छठ पर्वका अवसरमा विहान आयोजित चियापान कार्यक्रममा सहभागी बने भने अन्य विभिन्न कार्यक्रममा पनि मन्त्री खतिवडा सहभागी बने ।

यस्तै, मन्त्री खतिवडाले व्यवसायी राजकुमार न्यौपाने र रामहरी न्यौपानेका स्वर्गीय पितालाई श्रद्दान्जली अर्पण गर्ने कार्यमा सरिक भए ।
विगतमा एमालेबाट निर्वाचित ९२ वर्षिय जनपक्षीय जनप्रतिनिधी घननाथ अधिकारीलाई मन्त्री खतिवडाले भेटे भने मन्त्री खतिवडाले वि.सं.२०२८ सालमा प्रवेशिका उत्र्तीण गरेको भुटनदेवी माविस्थित भुटनदेवी एल्मुनाइ एशोसिएसनले आयोजना गरेको कार्यक्रममा सहभागी बने ।
यस्तै, मन्त्री खतिवडा हेटौंडा अस्पतालको अवलोकन तथा छलफलमा सहभागी बने भने खतिवडा बन्धु समाजले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भए ।

गृहजिल्लामा मन्त्री खतिवडालाई आज विभिन्न २१ वटा संघसस्ंथाले स्वागत तथा सम्मान गरेको थियो ।

मकवानपुर उद्योग वाणीज्य संघ, नारायणी संघ हेटौंडा, नारायणी यातायात कम्पनि प्रा.लि., निर्माण व्यवसायी संघ मकवानपुर, उपभोक्ता हित संरक्षण मञ्च, उपभोक्ता मञ्च मकवानपुर, लायन्स क्लव, नेपाल पत्रकार महासंघ मकवानपुर, सामुदायिक सेवा प्रहरी केन्द्र मकवानपुर, नेपाल औषधी व्यवसायी संघ,कृष्ण प्रणामी समाज मकवानपुर, मारवाडी एशोसिएसन मकवानपुर, नारायणी पेट्रोलियम बिक्रेता संघ, सार्वजनिक मकवानपुर यातायात प्रा.लि., मकवानपुर बचत तथा ऋण सहकारी संस्था, मकवानपुर जागरण अभियान, अफिन, नेपाल रेडक्रस सोसाइटी, नेपाल परिवार नियोजन संघ, नेपाल अटो ईरिक्सा व्यवसायी संघले मन्त्री खतिवडालाई स्वागत तथा सम्मान गरेको हो ।

यस्तै, मन्त्री खतिवडाले आजै पुरानो वामपन्थीको आधारक्षेत्र मकवानपुरको फाखेलमा गएर कार्यकर्तालाई भेटघाट तथा सम्बोधन गरे ।
यस्तै, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४,सितलमहलचोकस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा नेता तथा कार्यकर्ता भेटघाट पनि मन्त्री खतिवडाले गरे ।

मन्त्री खतिवडा सहभागी सबै कार्यक्रममा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल, उपाध्यक्ष मीना लामा, सचिव विष्णु दाहाल र उप सचिव जीवन लामाको आतिथ्यता थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments