भारतीय ट्रकबाट १२७ किलो गाँजा बरामद, ३ पक्राउ

sajhamat.com
August 5th, 2021

मकवानपुर । मकवानपुर पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिका–८ सिमपानीबाट १२७ किलो गाँजासहित भारतीय ट्रक र ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–८, सिमपानीमा भारतीय नम्बर बीआरई २८२९ को ट्रकलाई चेक गर्दा ट्रक पछाडि डालामा फल्स बटम बनाइ लुकाएर ल्याएको १२७ किलो गाँजासहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुमा ट्रक चालक भारत वैशालका ३८ वर्षीय रामराज सहनी, ट्रकमा सवार भारत समस्तिपुरका १८ वर्षीय राहुलकुमार सहनी र ट्रकमै सवार पर्सा वीरगञ्ज–९ का ३० वर्षीय रियाजुल अन्सारी छन् ।
उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
यसैबीच मकवानपुर प्रहरीले हेटौंडा–१० बसपार्कस्थित एक गेष्टहाउसबाट लागूऔषधसहित दुई युवालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी भुटनदेवीका प्रहरी हवल्दार डिल्लीराम शिवाकोटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बसपार्कमा रहेको गण्डकी गेष्ट हाउसबाट बारा निजगढ–१३ का २० वर्षीय सुवास गोले र १९ वर्षीय सरोज थिङलाई एक हजार १२५ वटा नाईट्रोभेट ट्याब्लेटसहित पक्राउ गरेको हो । इकान्तिपुरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments