सुरू भयो होली, वसन्तपुरमा ठड्याइयो चीर

sajhamat.com
March 3rd, 2020

काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा होलीको चीर ठड्याइएको छ। मंगलबार बिहान रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो।

चीर ठड्याएसँगै मंगलबारदेखि राजधानी लगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ।

हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ११ बजेर ५७ मिनेटको शुभसाइतमा ३२ फुट उचाइको तीन खण्डे गजुरजस्तो देखिने रंगीविरंगी होलीको चीर ठड्याइएको हो।

चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो। समाजसेवी राजन महर्जनले त्रेता युगदेखि नै चलिआएको होली चीरको विशेष महत्त्व रहेको बताए।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ। यसवर्ष काठमाडौं लगायत पहाडी जिल्लाहरूमा फागुन २६ गते र तराई मधेसका जिल्लाहरूमा फागुन २७ गते होली पर्व परेको छ।

होलीमा सरकारले सार्वजनिक बिदा दिने गर्दछ।

Source:setopati.com

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments