मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली साँझ बल्ल अस्पताल भर्ना

sajhamat.com
March 3rd, 2020

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका लागि सोमबार साँझ बल्ल अस्पताल भर्ना भएका छन्।

ओलीको बुधबार त्रिभुवन विश्वविधालय शिक्षण अस्पताल, महाराजगन्जमा मृगौला प्रत्यारोपणका लागि साँझ भर्ना भएका हुन्।

उनलाई नाताले भान्जी पर्नेले मृगौला दिँदैछिन्। प्रधानमन्त्री ओलीको दोस्रोपटक मृगौला प्रत्यारोपण हुन लागेको हो।

यसअघि २०६४ सालमा पहिलोपटक उनको मृगौला प्रत्यारोपण भएको थियो। तर पछिल्लो समय दुवै मृगौलाले काम गर्न छाडेपछि उनको मृगौला प्रत्यारोपण हुन लागेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *