काठमाडाैं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको मुद्दामा विशेष अदालतले नेपाल नगरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख धरौटी माग गरेको छ।
मंगलबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले अधिकारीलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुका साथै तत्कालीन मन्त्रीहरूलाई समेत प्रतिवादी बनाएर ८ अर्ब ३६ करोड ७३ लाख बिगो दाबी गर्दै आइतबार विशेषमा मुद्दा दायर गरेको थियो ।
Tags: अन्तरिम सरकार, प्रधानमन्त्री, सुशीला कार्की












