
आइतबारदेखि नारायणगढ–मुग्लिन सडकमा राती ९ बजेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ ।
यसअघि साँझ ६ बजेटबाट बन्द गरिने भनिएकोमा समय संशोधन गरेर राती ९ बजेबाट सडक बन्द गर्ने निर्णय भएको हो ।
मौसममा सुधार हुँदै गएकाले समय थप गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।